बालीनाली सखाप पारेको गुनासो बढेपछि दुई सय बाँदर नियन्त्रणमा

नुवाकोट कार्तिक १५, बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ ।
दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको गाउँपालिकाले हालसम्म ६ वटै वडाबाट गरी तीन महीनामा २२० बाँदर नियन्त्रणमा लिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको सङ्कल्प प्रस्तावसहित रु ३० लाख विनियोजन गरेको थियो । बाँदर नियन्त्रणका लागि भारतीय, स्थानीयवासी र प्रहरी गरी २० जनालाई परिचालन गरिएको छ । नियन्त्रणमा लिइएका बाँदरलाई वडा नं ४ स्थित पाखापानीमा सुरक्षित खोर बनाएर राखिएको छ । बाँदर बर्दिया राष्ट्रिय निकञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुर भए पनि प्रदेश सरकार, वन विभाग, वन तथा वातावरण मन्त्रालयलगायत झण्डै एक दर्जन निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन नसकिएको प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।
यसरी नियन्त्रण गरेपछि बालीनाली जोगिए पनि यिनीहरुलाई दैनिक पालनपोषण गर्न, दानापानी खुवाउन र औषधि उपचार गर्न समस्या परेको बताइएको छ । बाँदरलाई दैनिक आवश्यक पर्ने खानाका लागि फलफूल, मकै, धान, तरकारी, आलु स्थानीयवासीले नै दिँदै आएका छन् । दैनिक ५० किलोग्रामभन्दा बढी खाद्यान्न आवश्यक पर्ने अध्यक्ष पौडेलले बताउनुभयो । आधुनिक प्रविधिको पासो लगाएर बाँदर नियन्त्रण गर्ने काम जारी छ । भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल तथा तरकारी बाली सखाप पार्ने गरेकामा गत साउनयता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया