हिमालयन बैंकको एफपीओ बाँडफाँट
नुवाकोट । हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ ।

कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो ।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो ।
यीमध्ये ९ लाख २५ हजार ४६ जनाले सेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या ५४.२७ प्रतिशत हो । एफपीओ परे/नपरेको नतिजा केही समयपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुने गर्छ । पुग्नेजतिलाई १० कित्ताका दरले बाँडफाँट गरिसकेपछि बाँकी ‘अड लट’ संख्या थप १–१ कित्ताका दरले बाँडफाँट हुन्छ । एफपीओ परेकामध्ये १० कित्ताभन्दा बढी आवेदन दिनेमध्येबाट थप १/१ कित्ता बाँडफाँट भएको हो ।
अंकित मूल्य १ सयमा ५७ रुपैयाँ थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ खुलाइएको थियो । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ खुलाएको थियो । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा हिस्सा कम्तीमा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । हाल यो हिस्सा २७ प्रतिशत मात्रै छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया