तामाकोसीको सेयर बाँडफाँड : स्थानीयलाई ३० कित्तादेखि १०२ कित्तासम्म वितरण

विदुर खबर २०७५ कार्तिक १४ गते ११:२८

नुवाकोट कार्तिक १४,

Advertisement

अन्ततः माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बहुचर्चित सेयरको बुधबार पटाक्षेप भएको छ ।

आयोजना प्रभावित स्थानीयवासीले अपेक्षाभन्दा निकै कम अर्थात ३० कित्तादेखि १०२ कित्तामात्रै सेयर प्राप्त गरेका छन् ।
सबैभन्दा कम ग वर्गका स्थानीयले सेयर पाएका छन् । जसमा ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता सेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्नेले ३२ कित्ता पाएका छन् । यसभन्दा बढी ३ सय कित्तासम्म आवेदन गर्नेले जम्मा ३४ कित्तामात्र पाएका छन् ।

Advertisement

यस्तै, सदरमुकाम चरिकोट लगायत ‘ख’ वर्गका स्थानीयमध्ये ३० कित्ता माग गर्नेले ३० कित्ता नै पाए पनि ४० कित्ता माग गर्नेले ३२ कित्ता पाएका छन् भने त्यसभन्दा बढी ३ सय कित्तासम्म माग गर्नेले ४८ कित्ता सेयर पाएका छन् ।अति प्रभावित ‘क’ वर्गका स्थानीयले भने १०२ कित्तासम्म सेयर प्राप्त गरेका छन् । जिल्लावासीलाई सुनको फुल पार्ने आयोजनाका रुपमा लगानी गर्न प्रेरित गरिए पनि न्यून संख्यामा सेयर परेकाले अधिकांशको लागतसम्म नउठ्ने देखिएको छ ।अर्कोतर्फ तामाकोशी आयोजना पूरा हुने समय र लागत दुवै बढ्दा यसको सेयरमूल्य पनि खासै बढ्ने देखिँदैन ।

प्रतिक्रिया