दोलखाको पहिरोमा परेर नुवाकोटका सुनिल मृत्यु

नुवाकोट । दोलखाको विगु गाउँपालिकामा पहिरोमा परेर नुवाकोटका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ का २९ वर्षिय सुनिल न्यौपाने रहेका छन् ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर १ हुरहुरेमा आएको पहिरोमा परि उनको मृत्यु भएको हो ।
बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोमा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका–४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का सन्दिप चौलागाईं गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना सानिमा हाईड्रोको कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोबाट उद्धार गरिएका उनीहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
चीनसँग सिमा जोडिएको लप्ची नजिकै सानिमाले जलविद्युत् निर्माण गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया