रसुवा पहिरोले हुम्लाको सिमीकोटमा चहलपहल बढायो

विदुर खबर २०८२ असार २६ गते २०:१४

नुवाकोट । मङ्गलवार बिहान एक्कासि आएको बाढीले रसुवागढीमा नाका बन्द भएपछि त्यसको सबैभन्दा ठूलो चाप हुम्लाको सिमिकोटमा परेको छ ।

Advertisement

बाढीले मितेरीपुल बगाएपछि कैलास मानसरोवरको साथै चीन जान चाहने पर्यटकहरुको कारण सिमिकोट एयरपोर्टमा उडान गर्ने जहाज र हेलिकोप्टरहरुको चाप अत्यधिक बढेको छ । त्यस्तै सवारी साधनहरुको भीड पनि बढेको छ भने होटल रेष्टुराँहरुमा चाप पनि अत्यधिक बढेको छ ।

बुधबारदेखि विहिबार दैनिक २० वटा भन्दा धेरै हेलिकोप्टरहरुले उडान गरेको पर्यटक व्यवसायीहरुले जानकारी दिएका छन् । सिमिकोट जाने अधिकाँश पर्यटकहरुको मुख्य गतव्य कैलाश मान सरोवर हो भने केही तिब्बत जानेहरु पनि रहेको बताइएको छ ।

Advertisement

रसुवागढी नाका बन्द भएपछि पर्यटन व्यवसायीहरुले मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय राखेर कैलास मानसरोवर जाने तीर्थयात्रीहरूलाई सहज बनाइदिन असोसिएशन अफ कैलास टूर अपरेटर्सले सरकारसंग अनुरोध गरेको छ । कोरोला नाका पारि तिब्बतमा सडकदेखि बसोवासको सम्म व्यवस्था राम्रो रहेको संस्थाका अध्यक्ष विमल नहर्कीकोे भनाई छ ।

नेपालबाट पनि बाटो पुगिसकेकोले अध्यागमन स्थापना गरेर सञ्चालन गरेमा कालीगण्डकी कोरिडोरदेखि पोखरा, मुक्तिनाथसम्म पनि जाने पर्यटकहरूलाई कोरोला हुँदै तिब्बत लैजान सकिने अवस्था रहेको नहर्कीको भनाइ छ । त्यस्तो हुँदा पर्यटकको नेपालमा बस्ने अवधि पनि धेरै हुने र नेपालले त्यसबाट धेरै फाइदा उठाउन सक्ने व्यवसायीहरुको भनाइ छ ।

Advertisement

त्यसपछिका वर्षमा पश्चिमा देशहरूमा नागरिकता लिएका गैरआवासीय भारतीयहरू ठूलो सङ्ख्यामा नेपाल हुँदै उक्त धार्मिक स्थलको भ्रमण गर्ने गरेको पाइन्छ।

पर्यटन व्यवसायीहरूले हाल उपलब्ध गराउँदै आएको प्याकेजअन्तर्गत रसुवा हुँदै कैलास मानसरोवर जाने पर्यटकहरूले साधरणतया कम्तीमा तीन दिन नेपालमा र १० दिन तिब्बतमा बिताउने गरेका थिए।

प्रतिक्रिया