कांग्रेसद्वारा डेढ दर्जन नेता कारबाहीमा

विदुर खबर २०८२ असार २६ गते ८:०५

नुवाकोट । नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।

Advertisement

२०७९ सालको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध कार्य गरेको, सामाजिक सञ्जाल र अन्य माध्यमबाट असहयोग गरेको प्रमाणको आधारमा केन्द्रीय अनुशासन समितिले पाँच जनालाई निष्कासन र अन्यलाई निलम्बन गरेको हो।

तेह्रथुमका तुलसी सुब्बा, कास्कीका कुमार खड्का, लुम्बिनीका विक्रम खनाल, खोटाङका विष्णुकुमार राई र पर्साका अरविन्द गुप्तालाई निष्कासन गरिएको छ।

Advertisement

अन्य नेता तथा कार्यकर्तालाई ३ देखि ६ महिनासम्म निलम्बन गरिएको छ। कारबाही कांग्रेस विधानको धारा ३४ अनुसार गरिएको हो।

प्रतिक्रिया