भेट्रान कपको उपाधिको लागि विदुर १ र ९ भिड्ने

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा जारी प्रथम वडास्तरीय भेट्रान कप फुटवल प्रतियोगिताको उपाधिको लागि विदुर १ को ए टिम र वडा नम्बर ९ को टिमविच प्रतिष्पर्धा हुने भएको छ ।

समुहको शीर्ष दुईमा रहदै विदुर १ को ए टिम र वडा नम्ब ९ को टिम फाईनल प्रवेश गरेको हो । तीन टिमको तीन खेलबाट समान ६ अंक भएपनि गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहदै विदुर १ र ९ फाईनल प्रवेश गरेको हो ।
तीन खेलबाट ६ अंक नै जोडेको विदुर ५ गोल अन्तरका आधारमा समुहको तेस्रो स्थानमा रहन सफल भयो । यस्तै विदुर १ को बि टिमले प्रतियोगितामा कुनैपनि अंक जोड्न नसकेपछि समुहको अन्तिम स्थानमा रह्यो ।

त्रिभुवन त्रिशुली माविको आयोजना तथा विदुर नगरपालिका वडा नम्बर १ को संरक्षकत्वमा भएको प्रतियोगिताको फाईनल खेल सोमवार हुने छ ।
प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १२ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन् रन्जितले जानकारी दिए ।
प्रतियोगितामा विदुर १ को ए र बि तथा विदुर ५ र विदुर ९ गरि चार टोलीले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया