मेयर कप क्रिकेट : विदुर ७ क्वाटरफाईनल प्रवेश
नुवाकोट । विदुर ७ प्रथम विदुर मेयर कप वडा स्तरीय क्रिकेट प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको छ ।

सोमवार आफ्नो दोस्रो खेलमा विदुर ८ लाई ५ रनले पराजित गर्दै विदुर ७ दुई अंकका साथ समुह बि बाट उपविजेता हुँदै क्वाटरफाईनल प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विदुर ७ ले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२० रन बनाएको थियो । उसका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका सुवास भण्डारी सर्वाधिक ४१ रन बनाए भने नारायण प्याकुरेलले २१ र अनुप नेपालले ११ रनको योगदान गरे ।
बलिङतर्फ विदुर ८ को लागि प्रकाश माझिीले तीन विकेट लिए । यस्तै आशिष नेपाल, कुमार गजुरेल र समिन मियाँले सामान दुई विकेट लिए ।
जवाफमा १२१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर ८ ले १९.४ ओभरमा सबै विकेट बनाउँदै ११५ रन मात्र बनाउन सक्यो । विदुर ८ का लागि सुजल श्रेष्ठले ३२ र रिजन ढकालले २१ रन बनाए ।
बलिङतर्फ विदुर ७ का सुवास भण्डारीले तीन विकेट लिए । यस्तै अनुप नेपाल र हरिहर सुवेदीले दुई विकेट चट्काए ।
प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको विदुर ७ ले सेमिफाईनल प्रवेशको लागि विदुर १२ सँग बुधवार प्रतिष्पर्धा गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया