विदुर मेयर कप क्रिकेट : विदुर ३ द्धारा २२३ रनको विशाल लक्ष्य प्रस्तुत
विदुर खबर
२०८२ जेठ ३२ गते ९:०१

नुवाकोट । नुवाकोटको विदुर नगरपासलिका वडा नम्बर ५ पिपलटारमा जारी प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिता अन्र्तगत अहिले विदुर नगरपालिका वडा नम्बर ३ र वडा नम्बर २ भिडि रहेका छन् ।

टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर ३ ले विदुर २ लाई विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ । विदुर ३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२२ रन बनाएको छ ।
विदुर ३ लाई विशाल रन बनाउन दिनेश सुवेदी एक्लैले ९७ रन बनाए । ४२ वलको सामना गरेका उनले ११ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै राजेश रिमालले ४८ रन बनाए । उनले ३४ वलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनीहरुवाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।
विदुर २ को लागि विशाल मास्केले सर्वाधिक ३ विकेट लिए । यस्तै आकाश राना र रोशन भट्टले समान २÷२ विकेट लिए । ।
विदुर २ ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया