राजेन्द्र खड्गी मुछिएको मुद्दामा कोरिया प्रहरीले पनि अनुसन्धान थाल्यो
१४ फागुन, काठमाडौं । चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरिया प्रहरीले पनि अनुसन्धान थालेको छ ।
स्रोतका अनुसार खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएपछि उनीहरुको विषयमा अनुसन्धान थालिएको हो ।
खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए ।
सोही आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ती दुई नागरिकको बारेमा कोरियन दूतावासमार्फत कोरिया प्रहरीलाई जानकारी गराएको थियो ।
दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित त्यहाँ पुगेको १२ जनाको टोली मध्ये दुई जना मात्रै स्वदेश फर्किएको जानकारी गराएको थियो ।
सोही आधारमा खड्गीमाथि अनुसन्धान अघि बढेको थियो । र, २५ माघमा खड्गी ठमेलबाट पक्राउ परेका थिए ।
बयानका क्रममा खड्गीले आफूले युवालाई विदेश लगेको स्वीकारिसकेका छन् । यद्यपि, उनले त्यसो गर्नु अपराध भएको चाहिँ थाहा नभएको बताएका थिए ।
उनले कोरियन नागरिकसँगै नेपाली नागरिक नेत्रबहादुर रानाको समेत नाम लिएका छन् । सोही आधारमा प्रहरीले अहिले थप छानबिन अघि बढाएको छ ।
खड्गीलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर ७ दिनलाई म्याद थप गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया