विदुर–१ का खेलाडीहरुलाई खेल सामाग्री सहित विदाई

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ ले प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सहभागि जनाउन लागेको आफ्ना खेलाडीहरुलाई खेल सामाग्री सहित विदाई गरेको छ ।

आज वडा कार्यालय ढुङ्गेमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष लेनिन रन्जितले टिमका कप्तान निजेश श्रेष्ठ लगायतलाई खेल सामाग्री दिएर विदाई गरेका हुन् । प्रतियोगितामा सहभागिता जनाउन लागेको टिमलाई वडा कार्यालयले क्रिकेट व्याट, हेल्मेट, प्याड, ग्लोभ्स, वल सहित प्रशिक्षणका लागी आवश्यक पर्ने खेल सामाग्रीहरु वितरण गरेको हो ।
वडाध्यक्ष रन्जितले उत्कृष्ट खेल खेलेर वडाको नाम उँचो बनाउन खेलाडीहरुसँग आग्रह गरे । उनले आगामी दिनमा पनि खेलकुद क्षेत्रमा विविध सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए ।
यसैविच विदुर नगरपालिका वडा नम्बर १ ले प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने अन्तिम टोलीको घोषणा गरेको छ । टोलीको कप्तान निजेश श्रेष्ठ रहेका छन भने उपकप्तानमा अजेश राज शाक्य रहेका छन् ।

अन्य खेलाडीहरुमा सुजेश श्रेष्ठ, अधिश श्रेष्ठ, सुमित जोशी, योगेन्द्र अमात्य, र श्रीदास रन्जित रहेका छन् । यस्तै अन्य खेलाडीहरुमा संगम श्रेष्ठ, सुजेश अमात्य, सुन्दर शाक्य, मनोज थापा, जेकु तामाङ, रवि सुनार र ऋषुकुमार कलवार रहेका छन् ।
टिम म्यानेजरमा वडाध्यक्ष रन्जित आफै रहेका छन् भने टिम प्रशिक्षकमा सौगात अमात्य रहेका छन् ।
टिमको विदाई कार्यक्रममा वडा सदस्य राम श्रेष्ठ, सचिव विष्णु गजुरेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता आगामी आज गतेदेखि विदुर –५ पिपलटारमा रहेको बाग्मति प्रदेशस्तरीय रंगशालामा संचालन हुनेछ । प्रतियोगितामा विदुर नगरपालिकाका ११ वडाको सहभागिता रहेको छ ।
वडा नम्बर १ समुह बि मा रहेको छ । उसले पहिलो खेल वडा नम्बर ७ सँग शुक्रवार विहान प्रतिष्पर्धा गर्नै छ ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगिता आगामी असार ७ गतेसम्म संचालन हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया