विदुर ६ को क्रिकेट टिमलाई प्रायोजकको साथ

विदुर खबर २०८२ जेठ २९ गते २२:१६

नुवाकोट । भोलिदेखि शुरु हुन लागेको प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि विदुर नगरपालिका वडा नम्बर ६ को टिमलाई शैक्षिक संस्था योङ लिडर्स इन्टरनेशनल एजुकेशनले प्रायोजन गरेको छ ।

Advertisement

काठमाण्डौको नयाँ बानेश्वरमा रहेको प्रायोजक संस्था योङ लिडर्स इन्टरनेशनल एजुकेशनले प्रयोजन गरेबापत वडाको टिमलाई आवश्यक खेलकुद सामाग्रीका साथै जर्सी ट्रयाकसुट लागयतको सामाग्री उपलब्ध गराउने सहमति भएको विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए ।

सुमह ए मा रहेको वडा नम्बर ६ ले उद्घाटन खेलमा वडा नम्बर १० को टिमसँग प्रतिष्पर्धा गर्नेछ । पिपलटारस्थिति बाग्मति प्रदेशस्तरीय रंगशालामा हुने प्रतियोगितामा विदुर नगरपालिकाका विभिन्न ११ टिमको सहभागिता रहेको छ ।

Advertisement

प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत ५ सय रुपैयाँ प्रदान गरिने प्रतियोगिताको सहकार्य गरेको नुवाकोट क्रिकेट संघले जनाएको छ ।

Advertisement

अन्तिम टोलीको घोषणा

यसैविच विदुर नगरपालिका वडा नम्बर ६ ले विदुर मेयर कप अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा सहभागि हुन आफ्नो टोलीको घोषणा गरेको छ ।

जसमा अनिश रिमाल, चन्द्रदेव चौलागाई, बिक्रम लामिछाने, किशोर केशी, सशदेब अमात्य, प्रकाश रिमाल र मनिष रिमाल रहेका छन् । यस्तै अन्य खेलाडीहरुमा सुरज प्याकुरेल, प्रतिक भण्डारी, विकास रिमाल, सुनिल ढकाल, सुजन सुनार, दिप्सन रिमाल र मुकुन्द रिमाल रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीहरुमा राजेश अर्याल, किरन रिमाल र अश्विन रिमाल रहेका छन् ।

टोलीको प्रशिक्षकमा श्याम लामा म्यानेजरमा सोम प्रसाद अर्याल रहेका छन् ।

प्रतिक्रिया