खेलाडीलाई खेल सामाग्रीसहित वडाध्यक्ष ढुङ्गेलको विदाई

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ ले प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सहभागि जनाउन लागेको आफ्नो टिमलाई खेल सामाग्रीसहित विदाई गरेको छ ।

बुधवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर वडाध्यक्ष निलमबाबु ढुङ्गेलले खेलाडीहरुलाई खेल सामाग्रीसहित विदाई गरेका हुन् । वडाले वितरण गरेको खेल सामाग्रीमा जर्सी, ट्रयाक, वल ब्याट र प्याड लगायत रहेका छन् ।
त्यस्तै खेलाडीहरुलाई श्री कृष्ण फर्निचरका संचालक तथा विदुर ४ का वडासचिव दिपक मुडवरीले क्याप उपलब्ध गराएका छन् ।
खेल सामाग्री वितरण गर्दै वडाध्यक्ष ढुङ्गेलले टिमले राम्रो खेल प्रर्दशन गर्दै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर क्रिकेट खेलका नयाँ प्रतियोगिता गराउन पहल गर्ने बताए ।
बिहिबारबाट शुरु हुने प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विदुर –४ ले पहिलो खेल वडा नम्बर ५ सँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगितामा विदुर नगरपालिकाका विभिन्न ११ वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ,मेडल,ट्रफी र प्रमाणपत्र हात पार्ने छ ।
विदुर नगरपालिकाको आयोजना र नुवाकोट जिल्ला क्रिकेट संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको फाईनल खेल असार ७ गते हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया