विदुर–५ वडा कार्यालयद्धारा खेलाडीहरुलाई क्रिकेट सामाग्री वितरण

विदुर खबर २०८२ जेठ २८ गते १९:५३

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तयारीको लागि आफ्ना खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको छ ।

Advertisement

आज वडाध्यक्ष लिलानाथ न्यौपानेले मैदानमै पुगेर खेलाडीहरुलाई हौसल्ला प्रदान गर्न क्रिकेट खेल सामाग्री उपलब्ध गराएका हुन् । वितरण गरिएको खेल सामाग्रीहरुमा ब्याट, प्याड, ग्लब्स, हेलमेट, थाई प्याड, स्टम्स, किपर ग्लब्स, किपर प्याड र क्रिकेट वल रहेका छन् ।

वडाध्यक्ष न्यौपानेले क्रिकेट खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको माध्यमबाट नेपाललाई परिचित गराएको स्मरण गर्दै क्षमतावान् खेलाडीलाई प्रशस्त अभ्यास गर्ने र खेल्ने अवसर दिनुपर्नेमा जोड दिए ।

Advertisement

समुह सि मा रहेको वडा नम्बर ५ ले आफ्नो पहिलो खेलमा वडा नम्बर ४ सँग जेठ ३० गते खेल्ने छ ।

प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आगामी जेठ २९ गतेदेखि विदुर –५ पिपलटारमा रहेको बाग्मति प्रदेशस्तरीय रंगशालामा संचालन हुनेछ ।

Advertisement

प्रतियोगितामा विदुर नगरपालिकाका विभिन्न ११ वडाको सहभागिता रहने आयोजक विदुर नगरपालिकाले जानकारी दिएको छ ।


प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र हात पर्नेछ ।

प्रतिक्रिया