मेयर कप क्रिकेटको लागि खेल सामाग्री वितरण

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर–२ ले प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तयारी गर्न आफ्ना खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको छ ।

वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच वडाध्यक्ष दिपक कायस्थ्यले प्रतियोगितामा सहभागिता जनाउन लागेको आफ्नो टिमलाई क्रिकेट व्याट, हेल्मेट, प्याड, ग्लोभ्स, वल सहित प्रशिक्षणका लागी आवश्यक पर्ने खेल सामाग्रीसहित खेलाडीहरुलाई विदाई गरेका हुन् ।
उनले प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले मेडल प्राप्त गरी सम्मानका लागी माला र खादा लाउने अबसर दिन आग्रह गरे । वडाध्यक्ष कायस्थ्यले प्रतियोगिताको तयारीको लागि सबैभन्दा पहिला खेलकुद सामाग्री उपलब्ध हुनु पर्ने भन्दै आफुले सकेजति खेलाडीहरुलाई ट्रेनिङको सामान अभाव हुन नदिने बताए ।
यसैविच विदुर नगरपालिका वडा नम्बर २ ले प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने टोलीको घोषणा गरेको छ । टोलीको कप्तान अशविन न्यौपानेले रहेका छन् भने उपकप्तानमा उमेश तामाङ रहेका छन् ।
अन्य खेलाडीहरुमा अभिषेक पाण्डे, पव्रिन्द्र खाताी, रोशन भट्ट उज्वल श्रेष्ठ, दिपेश तिमील्सेना, आकाश राना, उत्सव श्रेष्ठ, रोनित श्रेष्ठ, विशाल मास्के, राकेश डंगोल, सज्जन उत्सुक सापकोटा र आषुतोष पाण्डे रहेका छन् ।
वैकल्पिक खेलाडीको रुपमा देवेन्द्र श्रेष्ठ, ईश्वर श्रेष्ठ, मनोज बाँनिया र यसोन्त रिजाल रहेका छन् । टिमको प्रशिक्षकमा किरण कुमार पन्थ र टिम म्यानेजरमा सुमन भण्डारी रहेका छन् ।
प्रतियोगिता आगामी जेठ २९ गतेदेखि विदुर –५ पिपलटारमा रहेको बाग्मति प्रदेशस्तरीय रंगशालामा संचालन हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया