विदुर मेयर कपको लागि वडा नं ४ को खेलाडी छनोट

विदुर खबर २०८२ जेठ २६ गते १५:५५

नुवाकोट । आगामी जेठ २९ गतेदेखि शुरु हुने ’प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि वडा नम्बर ४ ले खेलाडी छनोट सम्पन्न गरेको छ ।

Advertisement

आईतवार एक छनोट प्रतियोगिता गरि वडाबाट खेल्ने खेलाडीहरुको टुङ्गो लगाइएको वडाध्यक्ष निलमबाबु ढुङ्गेलले जानकारी दिए ।

छनोट भएका खेलाडीहरुमा रोशन कुमार खड्का, आयुस अधिकारी, हिमन रिमाल, किशोर अर्याल, प्रविन केशी र विकास लामिछाने रहेका छन् । यस्तै छनोट भएका अन्य खेलाडीहरुमा अनुप श्रेष्ठ, सनीस अधिकारी, संस्कार मिश्र, सुजित रन्जित, रमेश गिरी, सौजन अधिकारी, श्रीकृष्ण आचार्य र सुरज गिरी रहेका छन् ।

Advertisement

टिमको प्रशिक्षकमा विराटमान सिं डंगोल रहेका छन् भने म्यानेजरमा रघुनाथ रिमाल रहेका छन् ।

विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा हुन लागेको प्रतियोगिता विदुर ५ पिपलटारमा रहेको चन्द्र्रज्योती माविको खेल मैदानमा हुने बताइएको छ ।

Advertisement

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पार्नेछ भने दोस्रो हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राीत गर्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया