कुखुरा मासुको मूल्य घट्यो
विदुर खबर
२०८२ जेठ १९ गते १०:१६

नुवाकोट । बजारमा शुक्रबारदेखि कुखुरा मासुको मूल्य घटेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।
बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ६० रुपैयाँ थियो ।
यस्तै तयारी कुखरा मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको हो । यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए ।
गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए । ‘अहिले माग कम छ, गर्मीमा मागभन्दा बढी उत्पादन भएका कारण मूल्य घटेको हो,’ संघ अध्यक्ष बीसीले भने ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया