पदक विजेता खेलाडीलाई विदुर नगरपालिकाको सम्मान

नुवाकोट । विदुर नगरपालिकाले १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

बिहिबार विदुर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित लगायतले पदक विजेता खेलाडीहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
खेलाडी सम्मान कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले आगामी वर्षदेखि खेलाडी उत्पादनको लागि नगरपालिकाले खेलकुद एकेडेमी संचालनमा ल्याउने बताए । उनले विदुर नगरपालिकाबाट पनि आफुले प्रिती राई र सन्दीप लामीछानेजस्ता खेलाडी उत्पादन भएको हेर्न चाहेको बताए । त्यसको लागि खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने मेयर श्रेष्ठले प्रतिवद्धता जनाए ।

यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख बोगटीले नगरपालिकाले गरेको लगानी र मेहेनत अनुसार खेलाडीहरुले उत्कष्ट नतिजा आएको बताइन् । उनले नगरपालिकाले समग्र खेलकुद क्षेत्रमा लगानी गरेकोले त्यसको नतिजा आउन थालेको बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले पहिलो पटक नगरपालिकामा रनिङ शिल्ड ल्याउन सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले खेलकुदमा गरेको लगानीको प्रतिफल देखिँदै गएकोले आगामी दिनमा खेल क्षेत्र विशेष रहने बताए ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र १ हजार ५०० रुपैँया नगदसहित सम्मान पत्र वितरण गरिएको छ । पञ्चकन्या गाउँपालिकाको घ्याङस्वाँरामा भएको प्रतियोगितामा १७ स्वर्ण जित्दै विदुर प्रथम बनेको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विदुरले १७ स्वर्ण ५ रजत र १६ कास्य गरेर कुल ३८ पदक सहित पहिलो स्थान हासिल गरेको थियो ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुभाकार पौडेल, वडा नमबर २ का वडाध्यक्ष दिपक कायस्थ , विदुर नगर खेलकुद समितिका अध्यक्ष अच्युत गिरी लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया