आज बागमती प्रदेशमा सार्वजनिक बिदा

विदुर खबर २०८२ वैशाख २४ गते ८:३०

नुवाकोट । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।

Advertisement

प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन्।

Advertisement

गत वर्ष वैशाख २४ गते प्रदेश सरकारी कामकाजी भाषा ऐन- २०८० कार्यान्वयन भएको थियो। यससँगै नेपालीसँगै नेवार र तामाङ भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनेको थियो।

प्रतिक्रिया