बागमती प्रदेशमा २६ पशु स्वास्थ्य क्लिनिक निर्माण

नुवाकोट । बागमती प्रदेशमा २६ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण भएको छन् ।

बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गरिएको ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रमअन्तर्गत हालसम्म २६ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण गरेको हो ।
सरकारले प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय गरेपनि ४ स्थानमा भने विभिन्न कारणले क्लिनिक निर्माण कार्य रोकिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म चितवनमा ४, मकवानपुरमा ३, सिन्धुलीमा २, रामेछापमा २, दोलखामा ३, सिन्धुपाल्चोकमा ३ र काभ्रेमा ५ वटा पशु स्वास्थ्य क्लिनिक निर्माण सम्पन्न गरिसकेको मन्त्रालयका पशुपन्छी विकास महाशाखाका पशु अधिकृत डा. सुवास क्षेत्रलीले जानकारी दिए ।
उनका अनुसार बागमती प्रदेशको धादिङ जिल्लामा भने ४ वटा पशु स्वास्थ्य क्लिनिक निर्माणाधीन अवस्थामा रहेको छ । धादिङमा निर्माणाधीन पशु स्वास्थ्य क्लिनिकको भवन निर्माण पनि अन्तिम चरणमा पुगेको डा. क्षेत्रीले बताए ।
३० वटा स्थानमा पशु स्वास्थ्य क्लिनिक निर्माण गर्ने प्रदेश सरकारको तयारी रहेपनि ललित जिल्लामा ठेक्का नै नपरेको र नुवाकोट जिल्लामा आवश्यक जग्गा उपलब्ध नहुँदा निर्माणको काम रोकिएको उनले बताए ।
प्रदेशमा पशुपन्छीको संख्या बढी भएको ठाउँ र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका गाउँमा क्लिनिक स्थापना भएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए । ‘क्लनिकमा एक जना पशु स्वास्थ्य प्राविधिकसहितका कर्मचारी रनेछन्’, उनले भने, ‘यहाँबाट पशुपन्छीको सबैखालको उपचार सेवा उपलब्ध हुनेछ ।’
क्लिनिक स्थापना भएपछि प्रदेशका विकट ग्राममीण भेगका किसान लाभान्वित हुने उनले बताए । पशु स्वास्थ्य क्लिनिक निर्माणका लागि छुट्टयाइएको १५ करोड बजेटमा एक पशु स्वास्थ्य क्लिनिक निर्माणका लागि ५० लाख खर्च भएको प्रवक्ता कँडेलले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया