विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड
नुवाकोट । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ ।

आज एक समारोहका बीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदकबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये २ करोड २१ लाख ४३ हजार ४८० कित्ता सेयर खरिदका लागि परेको १९ लाख २० हजार ९३९ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ५१ हजार २९५.२५ कित्ता सेयर बाँडफाँड गरिएको छ ।
कुल आवेदकमध्ये ५ हजार १२९ जनालाई १० कित्ताका दरले ५१ हजार २९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको १.०५ कित्ता सेयर ३ जना लाई थप वितरण गरिएको छ । जसमध्ये २ जनालाई १–१ कित्ता र १ जनालाई थप ०.५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
यसरी बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात भने रित्तो भएको छ ।
संस्थाले गत चैत २१ गतेदेखि २६ गतेसम्म हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबरको प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ गत चैत २१ गतेदेखि जारी गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया