सुनको मूल्य १ लाख ९० हजार पुग्यो
विदुर खबर
२०८२ वैशाख ४ गते ११:०२
नुवाकोट । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ।

अघिल्लो दिन अर्थात बुधबार रेकर्ड बनाएको सुनको मूल्यले यस दिन सो रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।
यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेको हो। बुधबार यस्तो सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया