धादिङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
नुवाकोट । धादिङमा आफ्नै विद्यार्थीलाई यौन र्दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

नेत्रावती डबजाेङ गाउँ पालिका -४ स्थित कुण्डलादेवी माविका शिक्षकले एसईई दिएकी विद्यार्थीलाई बाल याैनदुरपयाेग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
३४ वर्षीय शिक्षक शेरबहादुर बुढाले १५ वर्षीया एक विद्यार्थीलाई एई परीक्षापछि ०८१ चैत ९ गते नेत्रावती डबजाेङ गाउँपालिका-५ काेठामा बसेकाे घरमा बाल यौन दुरुपयाेग गरेकाेले कारबाहीकाे माग गर्दै चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिईएकाे थियाे ।
पीडित पक्षकाे उजुरीपछि चैत २९ गते बालिकाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा भयो ।
आरोपित विरुद्ध चैत २९ गते उजुरी दर्ता भयो । फरार आरोपितलाई पक्राउपछि जिल्ला अदालतको आदेशले हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।
आफ्नो विद्यार्थीलाई आफू सुतेकै ठाउँमा सुताएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया