नुवाकोटमा ठगी गर्ने रसुवाका तीनजना पक्राउ
नुवाकोट । ठगी कार्यमा संलग्न रहेको आरोपमा नुवाकोटको ककनीबाट तीन जना पक्राउ परेका छन् ।

अदालतबाट प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको छ । नुवाकोटको विदुर ४ बट्टारकाे एक सुन पसलमा पहेँलो रङ्गको सुनजस्तो देखिने धातु दिई नगद ६० लाख रुपैयाँ ठगी गरी नम्बर नखुलेको हरियो रङ्गको बजाज मोटरसाइकलमा भागी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी ककनी, रानी पौवाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा रातीको समयमा उनीहरूलाई ककनीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार ककनी गाउँपालिका ५ मा रहेको एक रिसोर्टमा आशङ्कित व्यक्तिहरूलाई फेला पारी खानतलासी गर्दा उनीहरूको साथबाट नगद ६० लाख रुपैयाँ, २ थान खुकुरी र सो कार्यमा प्रयोग भएको मोटरसाइकल दुई थान फेला परेको हुँदा बरामद गरी उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गरिएको हो ।
पक्राउ परेकाहरूमा रसुवाको गोसाईंकुण्ड गापा ६ धुन्चेका ३६ वर्षीय जीतमान तामाङ, सोही स्थानका २१ वर्षीय बुद्धराम तामाङ र रसुवाकै आमाछेदिङ्मो गापा १ हाकुका ३० वर्षीय ङवाङदोर्जे तामाङ रहेको एसपी रेग्मीले बताए ।
पक्राउ परेका तीनै जनालाई ठगी सम्बन्धी कसुरमा नुवाकोट जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते
नुवाकोटको ककनीमा करेन्ट लागेर एक जनाको मृत्यु
जनताले खोजेको परिवर्तन कि नेताहरूको फेरि उही स्ट्यान्डबाजी ?
शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते





प्रतिक्रिया