सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड बनायो
विदुर खबर
२०८१ चैत ४ गते ११:२७
नुवाकोट । मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार २ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया