थपिए चार मन्त्रीः गृहमा बादल, अर्थमा युवराज खतिवडा
१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ ।
गृहमन्त्री बने बादल
माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् ।
माओवादीमा गृहमन्त्रीका लागि बादलसँगै वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरले दावेदार थिए । माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् ।
माओवादीबाट मात्रिका यादव मन्त्री बनेका छन् ।
पूर्वगर्भनर बने अर्थमन्न्त्री
यस्तै युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ ।
तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत सपथ रोकेको छ । यद्यपि मन्त्री बन्न त्यसले रोकेन ।
एमालेबाट महासचिव ईश्वर पोखरेल पनि बन्त्री बनेका छन् । तर, उनले न उपप्रधानमन्त्री पाए न अर्थ मन्त्रालय नै । गुटभित्रको संघर्षका कारण पोखरेल रक्षामन्त्री बन्ने पुगे ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया