स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
नुवाकोट । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका सार्वजनिक भएसंगै स्ववियु कामचलाउ भएको छ ।
यसअघि त्रिविले फागुन १ गते निर्देशिका सार्वजनिक गरेको थियो।
निर्देशिकामा निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष र ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५ जना समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १,सहायक सचिव र ३ जना सदस्य चुनिने व्यवस्था छ ।
निर्देशिकामा जिल्लामा निर्वाचन पर्यवेक्षण गर्न नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि रहेको ३ सदस्यीय समिति गठन हुने उल्लेख छ ।
निर्धारित मितिमा कुनै कारणवस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र अर्को मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।
यसअघि २०७९ सालको निर्देशिकामा स्थगित भएको ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया