नविकरण शुल्क नबुझाउने २५ कम्पनीको कारोबार रोक्का
नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सूचिकरण भएर असोज २९ गतेसम्म नविकरण शुल्क नबुझाएका २५ कम्पनीको आज आइतबारदेखि शेयर कारोबार रोक्का भएको छ ।
बार्षिक शुल्क नबुझाउँदा नेप्सेले २५ कम्पनीको शेयर कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
यसरी कारोबार रोक्का हुने कम्पनीहरुमा नेशनल हाइड्रोपावर, रिडि हाइड्रोपावर, बरुण हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स, आरएसडीसी माक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स, छिमेक लघुवित्त, जनउत्थान लघुवित्त, मिथिला लघुवित्त, बेष्ट फाइनान्स, कन्ञ्चन डेभलपमेन्ट बैंक, नेशनल माक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स, माहुली समुदायिक लघुवित्त, कालिका माक्रोक्रेडिट डेभलपमेन्ट, फर्वाड कम्यूनिटी माक्रोफाइनान्स, सिभिल लघुवित्त, मल्टिपर्पोज फाइनान्स, पूर्णिमा विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल फण्ड, विजय लघुवित्त र रैराङ हाइड्रोपावर कम्पनी रहेका छन् ।
धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
नेप्सेका अनुसार हाल नेप्सेमा सूचिकृत रहेका १९८ वटा कम्पनीहरुमध्ये असोज २९ गतेसम्म १७३ कम्पनीले नविकरण शुल्क बुझाएका थिए । २५ कम्पनीले नविकरण शूल्क बुझाउन बाँकी रहेको थियो । यदि कारोबार रोक्का भएका कम्पनीहरूले आइतबार नविकरण शुल्क बुझाएमा सोमबारदेखि कारोबार हुनेछ ।
नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै गत भदौ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया