तरकारीवाली भन्छिन्ः पढाई बिग्रेला भनेर थुप्रै फिल्म छोडेँ
कुसुम श्रेष्ठ ‘तरकारीवाली’ यतिबेला आफ्नो डेब्यू फिल्मको रिलिज पर्खाइमा छिन् । उनको अभिनय रहेको फिल्म ‘लम्फु’ वैशाखको पहिलो हप्ता प्रदर्शन हुँदैछ ।
तरकारी बोकेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आएकी कुसुम पछिल्लो समय हराएकी थिइन् । तर, लम्फुको पोष्टर रिलिजपछि उनी फेरि लाइमलाइटमा छिन् ।
यसबीचमा आफूले पढाईका कारण थुप्रै फिल्महरुको अफर अस्वीकार गरेको कुसुमले दावी गरिन् ।
उनले भनिन्, ‘पढाई बिग्रेला भनेर धेरै फिल्म छोडेँ, म्यूजिक भिडियोका अफर त झन् कति आएका थिए कति ।’
चितवनमा रहेको कोस्ट मोडल कलेजमा वाणिज्यशास्त्रमा स्नातक अध्ययनरत कुसुम अहिले परिक्षाको तयारीमा छिन् । परिक्षा सकेपछि मात्रै नयाँ फिल्ममा अभिनयको बारेमा सोच्ने उनी बताउँछिन् ।
‘लम्फु’मा आफूले निर्माताको जोड र भूमिका राम्रो लागेर मात्र अभिनय गरेको कुसुमले बताइन् । उनका अनुसार ‘लम्फु’ युनिट फिल्मको अफर लिएर उनको घरमै पुगेको थियो ।
‘सुरुमा त मैले अभिनय गर्न आनाकानी गरेकी थिएँ । तर, निर्देशक गोपालचन्द्र लामिछाने दाई पढाई नबिग्रने ग्यारेन्टी गरेपछि खेल्न तयार भएकी हुँ,’ उनले भनिन् ।
अब ‘लम्फु’ रिलिजपछि मात्रै अन्य फिल्ममा काम गर्ने विषयमा सोच्ने उनले धारणा राखिन् ।
फुर्सदको समय नेपाली चलचित्र हेर्ने गरेकी कुसुमलाई अहिले पनि साथीहरुले ‘तरकारीवाली’ भनेर जिस्क्याउछन् । सुन्दा रमाइलो लाग्छ । यताउता जाँदा पनि उनलाई बाटोमा भेट्नेहरुले सोध्दा रहेछन् ‘तपाई तरकारीवाली हैन ?’
तरकारीवाली भनेरै चर्चामा आएकाले त्यसरी सोध्नेहरुसँग उनको कुनै गुनासो छैन ।
‘म तरकारीवाली भनेरै चर्चामा आएँ, त्यसकारण कसैले तरकारीवाली हो भन्दा रिसाउदिनँ,’ उनले भनिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया