दशैको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै
नुवाकोट, नवरात्रको तेस्रो दिन आज दशैंघर तथा शक्तिपीठमा चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा भवानी दुर्गाकी तेस्रो रूप हुन् । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । सिंहमाथि बसेकी यिनको दशवटा हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुष आदि शस्त्र अस्त्र रहेका छन् । भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टाको आराधना गरिन्छ । विधिपूर्वक यिनको आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ ।यसै घडामा महाकाली–महालक्ष्मी– महासरस्वतीको पनि आराधना गरिन्छ । नवरात्रको अवसरमा देवीभागवत महापुराण र देवी माहत्म्य दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । यो समयमा विभिन्न शक्तिपीठको दर्शन गर्नाले मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया