रसुवामा आगलागी,तीन घर जलेर नष्ट
नुवाकोट । विद्युत् सट भई लागेको आगोबाट कालिका गाउँपालिका-१ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ ।
आगलागीका कारण घर तथा लत्ता कपडा, भाडाकुँडा, गरगहना नगदसमेत जलेर नष्ट हुँदा करिब २७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।
भौगोलिक हिसाबले विकटबस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा पासाङ म्हेन्दो तामाङको घरमा बिहीबार बिहान विद्युत् सट हुँदा आगलागी भएको ग्राङ प्रहरी चौकीले जनाएको छ । सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मौजुदा विद्युत् ऐन, नियममा एउटाको घरमा जोडिएको मिटरबाट तार तानी अर्को घरमा बत्ति बाल्न नपाइने कानुनी व्यवस्था भएपनि रसुवाका दुर्गम गाउँबस्तीमा यो नियम पालना भएको देखिँदैन । यसरी गैरकानुनीरुपमा विद्युत बत्ति प्रयोग गर्ने सम्बन्धमा स्थानीय जनतालाई सुसूचित गरी त्यसपछि पनि यस किसिमको अवैधानिक गतिविधिमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने रसुवा जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुन्दर चौलागाईं बताउँछन् ।
घरमा विद्युत् सट भई लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दा समेतको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साविक राम्चे गाविस-३ तथा हाल कालिका गाउँपालिका-१ निवासी नेमानुर्पु तामाङ, छिरिङ तेम्बा तामाङ र पासाङनुर्पु तामाङको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक एवं प्रवक्ता चौलागाईंले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया