पूर्वराजाले शुभेच्छुकलाई टीका लगाइदिने
नुवाकोट असोज २६, पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ। गत वर्ष सर्वसाधारणलाई टीका नलगाइदिनुभएका पूर्वराजा ज्ञानेन्द्रले यो वर्ष विजया दशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने हुनुभएको हो।
निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ भने पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लगाउने कार्यक्रम तय भएको छ।
त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको निर्मल निवासले जनाएको छ। यसै गरी मुम्बईमा रहनुभएका ज्ञानेन्द्रको निर्देशनपछि ज्ञानेन्द्रका सबै कर्मचारी दशैंको शुभकामना कार्ड बाँड्न अहिले व्यस्त रहेका छन्। घटस्थापना शुरू भएपछि कर्मचारीहरू कार्ड बाँड्न व्यस्त भएका हुन्।
ती कर्मचारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीदेखि सुरक्षा निकायका प्रमुख, पूर्वप्रधान सेनापतिहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलगायत आफन्तलाई शुभकामना कार्ड वितरण गरिएको छ। फुलपाति अघिल्लो दिनसम्म कार्ड वितरण गरिने ती कर्मचारीले बताएका छन। पूर्वराजा ज्ञानेन्द्र फूलपातिको दिन नेपाल फर्कने कार्यक्रम तय भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ





प्रतिक्रिया