बट्टारको जगदम्बा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ हाउस फुल
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा रहेको जगदम्बा हलमा नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पहिलो दिनमै हाउसफुल व्यापार गरेको छ ।
नुवाकोटमा आजबाट प्रर्दशनमा आएको चलचित्रले पहिलो सो नै हाउसफुल व्यापार गरेको हल संचालकहरुले बताएका छन् ।
नुवाकोटमा धेरै समयपछि नेपाली चलचित्रले पहिलो सो मै हाउसफुल व्यापार गरेको विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए । चलचित्रले नुवाकोटमा मात्रै नभइ हाल देशभर हाउसफुल व्यापार गरिरहेको छ ।
लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको दुई दिन हलमा टिक्नै संघर्ष गरेको फिल्म यतिबेला व्यापारिक रुपमा रेकर्ड बनाउने बाटोमा देखिएको छ ।
गत शनिबारबाट आक्रामक रुपमा अगाडि बढेको फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले दाबी गरेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ हेर्ने दर्शकहरु हलभित्रै रोएका भिडियो टिकटकजस्ता प्लेटफर्ममा भाइरल हुँदा त्यसले फिल्मको व्यापारमा ठूलो फाइदा पु¥याएको छ । तिनै भिडियोले दर्शकलाई हलसम्म तानिरहेको छ ।
फिल्मलाई समीक्षा भने मिश्रित मिलेको छ । यद्यपि, अभिनेता विजय बरालको अभिनयको प्रशंसा भइरहेको छ । उनलाई दर्शकले ‘नेचुरल स्टार’को समेत उपमा दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया