डा. केसीको मागः पराजुलीलाई जेल हाल्नुपर्छ
१२ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताएका छन् । तर, पराजुलीलाई निकालेरै छाड्ने उनको दाबी छ ।
पराजुलीको राजीनामा माग गर्दै भएको माइतीघर मण्डलामा भएको प्रदर्शनमा डा. केसी पनि सहभागी भएका थिए । भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताए । उनले अघि भने, यिनलाई के गर्नुपर्छ भन्ने तीन करोड नेपालीलाई थाहा छ ।’
आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै डा. आक्रोस पोखे ।
‘म ९ बजे हाजिर भइनँ भने पो प्रहरी लगाएर पक्राउ गर्नु पर्ने हो’ उनले भने, ‘यदि भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ भने एक वर्ष होइन । आजीवन काराबास बस्न तयार छु । तर, यस्तालाई जिम्मेवार बनाएर छाड्ने हो ।’
अघि भने, ‘त्यो मात्र होइन । उनले गरेका कालो कर्तुतको छानविन गराएर कारबाही गराउने हो ।’
डा. केसीले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको आरोप लगाए । उनले भने, प्रधानन्यायाधीश भएर विचाराधीन मुद्दामा -नागरिकता) देखाउनु नै अदालतको अवहेलना हो । उनलाई जेल चलान गर्नुपर्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया