रसुवागढीबाट उत्पादित बिजुली दशैंसम्म राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै
नुवाकोट । दशैंसम्ममा रसुवागढी आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
प्रसारण लाइनको निर्माणको काम पनि सकिएकाले रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित १११ मेगावाट विद्युत् दशैंभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।
आयोजनको काम गत चैतमा सकिएको थियो, प्रसारण लाइन निर्माण नहुदा विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न नसकिएको रसुवागढी आयोजनाका सूचना अधिकृत नरनाथ न्यौपानेले बताए ।
‘नेपाल विद्युत प्राधिकरणले बनाउनु पर्ने प्रसारण लाइनको काम नसकिएका कारण आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडन सकिएको थिएन,’ उनले भने, ‘प्राधिकरणले असोज १४ (आज)सम्म बनाउने भनि समय सीमा दिएकाे थियो । प्रसारणलाइनको काम पनि करिव सकिएकाले पनि आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने काम दशैं अघि नै हुने छ ।’
रसुवागढी जलविद्युत आयोजनाबाट परीक्षण रुपमा विद्युत उत्पादन गर्ने काम सकिएको छ । अब सिधै विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने काम हुने न्यौपानेले बताए ।
उक्त आयोजनाको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण सम्पन्न भएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण गरिएको हो ।
कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटै टावर पनि निर्माण भएका छन् ।
हालै मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।
यसैगरी,गत चैतमा जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको थियो ।
जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैक (केएफडब्लू)का प्रतिनिधि सम्मिलित टोलीले आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको थियो ।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया