९ सय किशोरीले सामुदायिक रेडियोमा एकै दिन बहस गर्ने
काठमाडौं, सातौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा असोज २५ गते देशभरिका ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा वहस गर्ने भएका छन् ।
किशोरीले आफैले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराउनेछन् ।कार्यक्रममा तीन सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन् । जसअनुसार देशभरी ९ सय जना नयाँ किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् ।सामुदायिक रेडियोको अगुवाइमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरी किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुने भएको हो ।समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रम केन्द्रित हुनेछ ।
बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियोमार्फत् यो गर्ल्स टेकओभर गर्न लागिएको हो ।किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।टेकओभरमा सहभागी हुँदा किशोरीहरु थप प्रेरित भइ समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुर्व्यवहार, विभेद जस्ता समस्या समाधानका लागि उनीहरुकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ ।
गत वर्ष गरिएको गर्ल्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भइ आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताए ।गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भइ काम गरिरहेका छन् । अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रमले नेपालमा ९ सय जना किशोरीहरुले हिंसाविरुद्ध आवाज उठाउनु आफैमा नयाँ भएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया