सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक
नुवाकोट । सरकारी कार्यालयमा सेयर कारोबार नहुने गरी टीएमएस खुल्ने वेबसाइट बन्द गरिने भएको छ ।
अबदेखि देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार हुने वेबसाइट बन्द गरिने भए पनि मोबाइलबाट इन्टरनेटको सुविधा लिई चलाएको पाइएमा के कारबाही हुने भन्ने अन्योल देखिएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने बनाउन व्यवस्था गर्न निर्देशन दिएको छ । सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन दिइएको छ ।
तर, कर्मचारीले आफ्नो मोबाइलमा डाटा प्रयोग गरेर भने चलाउन सक्ने देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुरारी पराजुलीले नेप्सेले आफ्नो सेवा ठाउँअनुसार बन्द गर्न नसक्ने बताउनुभयो । उहाँले कार्यालयले चाहे आफ्नो वाइफाइ प्रयोगकर्ताले निश्चित वेबसाइड नखुल्ने बनाउन भने मिल्ने जानकारी दिनुभयो ।
सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले प्रधानमन्त्री कार्यालयलाई सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक लगाउन भन्दै पत्र लेखेको बताउनुभएको छ । तर, कार्यालय समयमा सेयर कारोबार गरे के गर्ने भन्ने उत्तर दिन नमिल्ने प्रवक्ता घिमिरेको थियो ।
सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर सेयर कारोबारमा व्यस्त हुने गरेको उजुरीपछि अख्तियारले अनुगमन गरेको थियो । अनुगमनमा पनि उजुरी गरेजस्तै अवस्था देखिएपछि अख्तियारले पत्र काटेको थियो । त्यसै गरी प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले पनि कर्मचारीले आफ्नो मोबाइलमा डाटा प्रयोग गरी चलाएको पाइएमा के कारबाही हुने भन्ने प्रश्नमा जवाफ दिनुभएन ।
उहाँले प्रधानमन्त्री कार्यालयले आफू मातहतका मन्त्रालय र प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो । पछिल्लो एक–दुई महिनायता सेयर बजारमा उत्साह देखिएको छ । सोही कारण सरकारी कर्मचारीहरूको पनि सेयर कारोबारमा रुचि बढेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया