धादिङको गजुरीमा पहिरो, सडक अवरुद्ध
विदुर खबर
२०८१ भदौ २१ गते ९:०७
नुवाकोट । अविरल वर्षका कारण खसेको पहिरोका कारण पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ ।
बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको हो । पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प छन् । यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने घेप्टेभीरमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।
सो स्थानमा पनि वर्षाका कारण सडक अवरुद्ध भएपछि नौविसे- मुग्लिन सडकखण्ड समेत ठप्प भएको छ । दुवै स्थानमा खसेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया