धादिङमा ठूलो वर्षा : भाेलिसम्मै जाेखिम
नुवाकोट । आज दिउँसो देशका केही ठाउँमा अति ठूलो पानी परेको छ ।
पछिल्लो तीन घण्टामा सिन्धुलीको कुसुमटारमा ६२ मिलिमिटर वर्षा भएको छ । यस्तै सोलुखुम्बुको पेकनास, धादिङको गजुरी, पर्वतको पन्चासे, दैलेखलगायतका ठाउँमा पनि अति ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धादिङको गजुरी र काभ्रेको पाँचखालमा पछिल्लो एक घण्टामै २३ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । धादिङको गजुरीमा राजमार्ग आसपास ठूलो पानी परेकोले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर धादिङको गजुरी आसपास त्रिशूली नदी, सिन्धुलीको मरिणखोला र आसपास, गोरखाको बारपाक र आसपास, काठमाण्डौ उपत्यकाको बाग्मती र बाग्मतीका अरू सहायक नदी, चितवनको शक्तिखोर र आसपासलगायतका क्षेत्रका साना ठूला नदीहरूमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा अति ठूलो वर्षा गराइरहेको प्रणाली रातिसम्म नै सक्रिय रहन सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अहिले नेपालमा मनसुनी वायुसहित वर्षा गराउने मिश्रित प्रणालीको प्रभाव रहेको उहाँले बताउनुभयो ।
भारतको गुजरात आसपास न्यून चापीय क्षेत्र बनेको छ । बङ्गालको खाडीको उत्तरी कुना झारखण्डमा एउटा र गुजरात आसपास अर्को न्यून चापीय क्षेत्र बनेको र त्यहाँबाट जलवाष्पयुक्त हावा यहाँ आइरहेको माैसमविद् झाले बताउनुभयो । यसले भोलि पनि केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
भारतीय मौसम विज्ञान विभागले भारतका गुजरात, गोवा र महाराष्ट्रमा आउँदो बिहीवारसम्म वर्षा हुने सम्भावना रहेको बताएको छ । त्यसको सिधा असर नभए पनि नेपालमा थप वर्षा गराउन सहयोगी हुने मौसमविद् झाले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया