नीति निर्माण गर्ने निकाय इमान्दार हुनुपर्छ : मुख्यमन्त्री पौडेल

विदुर खबर २०७५ असोज १९ गते २:३६

Advertisement

हेटौँडा,  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीति निर्माण गर्ने निकायका पदाधिकारी इमान्दार हुनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा सञ्चारकर्मीको भूमिका’ विषय अन्तक्र्रियामा उहाँले नीति निर्माताको नकारात्मक भावना परिवर्तन नभएसम्म भ्रष्टाचार कम नर्ग नसकिने बताउनुभयो ।

Advertisement

प्रदेश नं ३ का १३ जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रका लागि मुख्य मन्त्रिपरिषद्को कार्यालयले थप गृहकार्य गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले स्थानीय तहमा विकासको पूर्वाधार निर्माणका क्रममा स्थानीय जनप्रतिनिधि र प्राविधिकले आपसी मिलेमतोमा ठेक्कापट्टा लिने दिने कार्यलाई निषेध गरी दिगो विकासको निर्माणका लागि बजेट दुरुपयोग नहुने गरी सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव आनन्दराज ढकालले समाजमा जनचेतना जागृत गरी भ्रष्टाचारजन्य अपराध कम गर्न गाउँका सामाजिक सङ्घसंस्थालाई क्रियाशील बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इन्दिरा शर्मा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ३ का प्रमुख हुमकला पाण्डेले भ्रष्टाचार कम गर्न राजनीतिक नेतृत्व नै स्वार्थभन्दा माथि उठेर राजनीतिक क्षेत्रले भ्रष्टाचारबाट मुक्त तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

Advertisement

प्रतिक्रिया