चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु,आक्रोशित स्थानीयद्धारा ट्रकमा आगजनी

विदुर खबर २०७५ असोज १८ गते ९:४६

Advertisement

चितवन असोज १८, पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । ना५ ख ९८६१ नम्बरको ट्रकले नम्बर नखुलेको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको हो । मोटरसाइकलमा सवार गम्भीर घाइतेलाई भने उपचारको लागि भरतपुर ल्याइएको छ ।

Advertisement

मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई आक्रोशित स्थानीयले आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया