बाग्मतीमा अञ्चलमा नयाँ मोटरसाइकलको दर्ता रोकियो

विदुर खबर २०७५ असोज १७ गते १२:०४

Advertisement

नुवाकोट असोज १७, बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको संकेत अक्षर (लट नम्बर) दिन नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल र स्कुटरको मंगलबारदेखि दर्ता रोकिएको छ ।

यातायात व्यवस्था विभागले बागमती अञ्चलका मोटरसाइकल र स्कुटरको संकेत अक्षर (लट नम्बर) तीन डिजिटको बनाउन नियमावली संशोधन गरी मन्त्रिपरिषद्मा पठाएको थियो। ९९ को लट नम्बर सकिनु अगावै मन्त्रिपरिषदको निर्णय आउने विभागको अपेक्षा थियो। तर मन्त्रिपरिषद्को निर्णय आउन ढिला भएकोले दर्ता रोकिएको हो ।

Advertisement

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायकाअनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानुनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो । यातायात व्यवस्था नियमावलीमा २ डिजिटको लट नम्बर राखेर मात्रै सवारी दर्ता गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया