यसकारण जाम बढ्दो छ नागढुंगा-नौबिसे सडकमा

विदुर खबर २०७५ असोज १७ गते १०:३८

नुवाकोट असोज १७,उपत्यकाबाट बाहिरिने यात्रु दिनहुँ नागढुंगा-नौबिसे सडक खण्डको जाममा सास्ती भोग्न बाध्य छन्। अहिले यो खण्डमा दैनिक ५ देखि ६ घन्टासम्म सवारी जाम परिरहेको छ।

बढी लोड भएका सवारी उकालोमा आउँदा सडक बीचमै बिग्रिएका कारण जाम बढेको ट्राफिक प्रहरीको भनाइ छ। अहिले बिग्रेका मालबाहक सवारीलाई सडकबाट पाखा लगाउन दुई वटा क्रेन प्रयोग गरिएको छ। तर पनि समस्या न्यूनीकरण नहुँदा यात्रु थप मर्कामा परेका छन्।

त्यसमा पनि कलंकी–नागढुंगा सडक पिचका लागि २१ गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्दा जाम खुलाउन थप सकस परेको ट्राफिक प्रहरीको भनाइ छ। रातभरि सोही बाटो भएर आउने सवारी बीचमै रोकिने र बिहान सबै एकैसाथ आँउदा बिहानको समयमा बढी समस्या आएको छ। जाम कम गर्न आजै बेलुकाबाट पिचका लागि भनेर राति बन्द गरिएको सडक एकातर्फी खुलाउने तयारी भएको ट्राफिक प्रहरीको भनाइ छ।

Advertisement

प्रतिक्रिया