यसकारण जाम बढ्दो छ नागढुंगा-नौबिसे सडकमा
नुवाकोट असोज १७,उपत्यकाबाट बाहिरिने यात्रु दिनहुँ नागढुंगा-नौबिसे सडक खण्डको जाममा सास्ती भोग्न बाध्य छन्। अहिले यो खण्डमा दैनिक ५ देखि ६ घन्टासम्म सवारी जाम परिरहेको छ।
बढी लोड भएका सवारी उकालोमा आउँदा सडक बीचमै बिग्रिएका कारण जाम बढेको ट्राफिक प्रहरीको भनाइ छ। अहिले बिग्रेका मालबाहक सवारीलाई सडकबाट पाखा लगाउन दुई वटा क्रेन प्रयोग गरिएको छ। तर पनि समस्या न्यूनीकरण नहुँदा यात्रु थप मर्कामा परेका छन्।
त्यसमा पनि कलंकी–नागढुंगा सडक पिचका लागि २१ गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्दा जाम खुलाउन थप सकस परेको ट्राफिक प्रहरीको भनाइ छ। रातभरि सोही बाटो भएर आउने सवारी बीचमै रोकिने र बिहान सबै एकैसाथ आँउदा बिहानको समयमा बढी समस्या आएको छ। जाम कम गर्न आजै बेलुकाबाट पिचका लागि भनेर राति बन्द गरिएको सडक एकातर्फी खुलाउने तयारी भएको ट्राफिक प्रहरीको भनाइ छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया