नेप्से १०.७६ अंकले घट्यो, कारोवार रकम समेत खुम्चिंदा लगानीकर्ता निराश

नुवाकोट असोज १७, पूँजी बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से १० दशमलब ७६ अंकले घटेर एक हजार २३० दशमलब ६० अंकमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार नेप्सेमा दुई दशमलब ६९ अंकले बढेको थियो भने आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो । नेप्से संगै कारोवार रकममा समेत गिरावट आउँदा पूँजी बजारका लगानी कर्ताहरु निराश भएका छन् ।
आजको कारोवारमा ब्यापार र होटल समूहको बाहेक सबै समुहको परिसूचकमा भरि गिरावट आएको छ ।आज सबै भन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ५१ दशमलब ३८ अंकले, जीवन बीमा समूहको परिसूच ३७ दशमलब ४५ अंकले घटेको छ भने बाणिज्य बैंक १० दशमलब १२ अंक, विकास बैंक ११ दशमलब ५२ अंक, जलबिधुत १५ दशमलब १६ अंक, अन्य ८ दशमलब ७५ अंक र अघुबित्ता ९ दशमलब ७५ अंकले घटेको छ ।
यधपी, ब्यापार मूलक समूहको परिसूचक ४ दशमलब २२ अंकले र होटल ५ दशमलब ५६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ७३८ कारोबारबाट ३७ करोड ४० लाख ४९ हजार ८७५ रुपैयाँ बराबरका १४ लाख ३६ हजार ५१२ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । मंगलबार नेप्सेमा १७१ कम्पनीहरुको ४ हजार ८७७ कारोबारबाट ४५ करोड १९ लाख ९३ हजार ४८५ रुपैयाँ बराबरका २० लाख ३१ हजार ४९६ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया