प्राधिकरण–आँखु खोलाबीच विद्युत् खरीद सम्झौता
विदुर खबर
२०७५ असोज १७ गते ३:५८

नुवाकोट असोज १८, धादिङको आँखुखोला हाइड्रो पावर र नेपाल विद्युत्त प्राधिकरणबिच विद्युत खरिद सम्झौता भएको छ ।
सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले आज हस्ताक्षर गर्नुभयो । आयोजनाको कूल क्षमता ३८ मेगावाट रहेको छ भने लागत रु करीब आठ अर्ब रहेको छ । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र बर्खामा चार रुपैयाँ ४० पैसामा विद्युत् खरीद गरिनेछ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
राजधानीको नजीक र पहुँचमार्गसमेत निर्माण भइसकेको उक्त आयोजनालाई आकर्षक आयोजनाका रुपमा लिइन्छ ।
सम्बन्धित
प्रतिक्रिया