नेकपाको महिला संघमा भागवण्डा मिल्यो, ४५ र ५५ मा सहमती
नुवाकोट असोज १७, नेकपा कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन महिला संघमा भागवण्डा मिलेको छ ।
मङ्गलबार बुझाएको एकता प्रतिवेदन अनुसार तत्कालीन माओवादी केन्द्र र एमाले बिचमा ५५ र ४५ को भागवण्दा गरिएको छ । नेकपा कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीले एकताको प्रतिवेदन मंगलबार बुझाएका छन् ।
प्रतिवेदनमा सङ्गठनको नाम अखिल नेपाल महिला संघ वा अखिल नेपाल महिला महासंघ वा अखिल नेपाल महिला महासंघ क्रान्तिकारी नाम प्रस्ताव गरिएको छ । नेतृत्वमा पनि दुवै सङ्गठनले दावी गरेको हुनाले कसैका नाममा सहमति हुन सकेको छैन ।
मंगलबार नेकपाको पार्टी कार्यालय धूम्रबाराहीमा दुवै सङ्गठनले पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा ५५ सङ्घ र ४५ जना गरी सय जनाको केन्द्रीय कार्यसमिति गठन गरिएको सङ्घकी अध्यक्ष गोमा देवकोटाले जानकारी गराइन ।
नेकपाले पार्टी एकीकरण भएको तीन महीनाभित्र तल्ला तहको एकीकरण गर्ने भने तापनि भ्रातृ सङ्गठनको एकताले गति लिन सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया