संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैनः झा

विदुर खबर २०७४ फागुन १२ गते १२:२८

१२ फागुन, काठमाडौं । राजपा नेपालका एक शीर्ष नेताले संविधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।

Advertisement

अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘संविधान संशोधन भयो भने मात्र हामी सरकारमा जानेबारे सोच्न सक्छौं । अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’

हिजोको दिनमा संविधान संशोधन गर्नै हुँदैन भन्ने र दुई तिहाई पर्‍याउन नदिने एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै राजपा नेता झाले भने, ‘हामी त संशोधनको पक्षधर हौं, तर, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन ? ‘

Advertisement

एमाले-माओवादीसँगै राजपा र फोरम मिल्यो भने दुई तिहाई बहुमत पुग्ने र संविधान संशोधन हुने उनले बताए ।

नेता झाले भने, ‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन् ? संशोधन पक्षधर भएकाले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन ।’

Advertisement

प्रतिक्रिया