बागमतीमा बजेट अधिवेशन बोलाउने सर्वदलीय बैठकको निर्णय
विदुर खबर
२०८१ वैशाख २१ गते १९:३६
नुवाकोट । बागमती प्रदेश सभाको आह्वानमा आज बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बजेट अधिवेशन बैठक बोलाउने निर्णय गरेको छ।
बैठकले प्रदेश सभाको बैठक यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो। त्यसैगरी आजको बैठकले प्रदेश सभा अन्तरगत रहेका विभिन्न पाँच वटा समितिको सभापतिको लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने निर्णय गरेको पनि सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
सर्वदलीय बैठकमा संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुको सहभागिता थियो। बागमती प्रदेश सभाको हिउँदे अधिवेशन गत वैशाख १२ गते राति अन्त्य गरिएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया