बट्टार युथ क्लब फाईनल प्रवेश

विदुर खबर २०८१ वैशाख २१ गते १३:१७
फोटो : नुवाकोट स्पोर्टस् ।

नुवाकोट । बट्टार युथ क्लब नुवाकोटको बट्टारमा संचालन जारीे स्वर्गिय ध्रुव अमात्य स्मृति कप २०८१ फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

Advertisement

शुक्रवार विहान भएको पहिलो सेमिफाईनल खेलमा तप्त युवा क्लबलाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक टोली बट्टार युथ क्लब फाईनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टोलीले समान एक/ एक गोल गरेपछि खेल ट्राईब्रेकरतर्फ धकेलिएको थियो । यसअघि खेलको ५५ औ मिनेटमा बट्टार युथ क्लबका लागि जर्सी नम्बर १० का खेलाडी सन्तोष थापाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए ।

Advertisement

तर खेलको अन्तिम मिनेटमा तप्त युवा क्लबका लागि खेलाडी विक्रम लामिछानेले गोल गर्दै खेल वरावरीमा पुराएका थियो ।

खेलको म्यान अफ दि म्याच उत्कृष्ट प्रर्दशन गरेका बट्टार युथ क्लबका गोलकिपर विजय घले घोषित भए ।

Advertisement

फाईनल प्रवेश गरेको बट्टार युथ क्लबले उपाधिको लागि थ्रि डि युथ क्लब र न्यु भिजन युवा क्लब रातमाटे विचको विजेतासँग प्रतिष्पर्धा गर्ने छ ।

प्रतियोगिताको विजेताले एकलाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक बट्टार युथ क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको फाईनल खेल शनिवार संचालन हुने छ ।

प्रतिक्रिया