धादिङको थाक्रेमा आगलागीमा परेर श्रीमान श्रीमतीको मृत्यु
विदुर खबर
२०८१ वैशाख २० गते ११:४३
नुवाकोट । धादिङको थाक्रे गाउँपालिका-५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।
बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो । गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।
‘दमकल जाने स्थिति पनि थिएन, राति साढे १२ बजे आगो निभ्यो, भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले भने ।
आगोमा जलेर अन्न, लत्ताकपडा, मकै पिस्ने मेसिन लगायत सबै जलेको छ । धनमाल क्षतिको विवरण संकलनका लागि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया